क्यारेबियन देश क्यूबा रम र सिगारका लागि दुनियाँमा प्रसिद्ध छ । तर, तपाईलाई थाह छैन होला यहाँ कण्डमबाट रक्सी बनाइन्छ । क्यूबामा एक यस्तो परिवार छ । जसले कण्डमबा रक्सी बनाउँछ ।
६५ बर्षका ओरेटेस एस्टेवेज लामो समय देखि रक्सी बनाउँदै आएका छन् । यसका साथै अंगुर, अम्बा, अदुँवा र कण्डमको प्रयोग गरी रक्सी बनाउँदै आएका छन् ।
उनी फ्रूट मिक्सलाई अलग-अलग फ्लेवरका कण्डमले कवर गरी फरमेन्टेशन गरि ग्याँस बनाउने गरेको बताउँछन् । यसले कण्डम फूल्छ । सोही कारण कण्डमको फ्लेवर रक्सीमा मिल्छ । जब कण्डम फूल्न बन्द हुन्छ तब रक्सी तयार भएको बुझ्न सकिने उनको भनाइ छ । ।
ओरेटेस एस्टेवेजको पूरा परिवार यही बिजनेशमा लागेका छन् । ओरेटेसले सेनाको जागिर पछि वाइनको कारोबार शुरू गरेको बताए । यो बिजनेसमा उनकी पत्नी, उनका छोरा र सहयोगी उनलाई सहयोग गर्छन् ।
यसरी बनाइएको रक्सी मानिसहरुले खुब मन पराउने उनको दावी छ । घरमात्र नभएर रेस्टुरेन्टमा समेत आफ्नो रक्सीको धेरै माग रहेको उनको भनाइ छ । एजेन्सी