निर्वाचन तोकिएको मिति भन्दा १० दिन पछि सार्न सुझाव

385

नेपाली काँग्रेस प्रदेश नम्बर २ का जिल्ला सभापतिहरुले स्थानीय तहको निर्वाचन तोकिएको मिति भन्दा १० दिन पछि सार्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन । प्रदेश नम्बर दुईका पार्टीका केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिहरुसँग आज पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताले गरेको छलफलमा ७ वटा जिल्लाका सभापतिहरुले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउदा पार्टी र देश दुवैका लागि हित हुने धारणा राखेका हुन् । निर्वाचन भने एकै चरणमा सम्पन्न गर्नुपर्नेमा आफूहरुले जोड दिएको नेता रमेश रिजालले बताउनुभयो । नेपाली काँग्रेसका मधेश केन्द्रित नेता तथा सांसदहरुले निर्वाचनको मिति पछि सारेर भएपनि मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनु पार्टी र देश दुवैको लागि हित हुने धारणा राख्दै आएका छन्