तपाईलाई काउकुती लाग्छ ?

510

एजेन्सी । कतिपयलाई धेरै काउकुती लाग्ने गर्छ । काउकुती लगाएपछि कतिपय जोरले हाँस्ने पनि गर्छन् । वैज्ञानिकले यसको कारण पत्ता लगाएका छन् । कहिलेकाँही नछोएर र इशारामा पनि काउकुती लाग्ने मानिस हुन्छन् ।

काउकुती छाला र छुनुमा सम्बन्धित हुन्छ । छालाको बाहिरी भागलाई एपिडर्मिस भनिन्छ । जुन नसासंग जोडिएको हुन्छ । जब यसलाई छोएमा वा चलाएमा दिमागको दुई क्षेत्रमा जोडिन्छ । एकले छोएको कुरा थाहा पाउँछ भने अर्कोले आनन्दमयी चिजमा ध्यान दिन्छ ।

सबैभन्दा बढी खुट्टाको पैतला र पेट काउकुती लाग्ने गर्छ । यो ठाउँ मासु र बोसोले भरिएको हुन्छ । हड्डी कम हुन्छ ।

तर, हामी आफैले काउकुती लगाउन खोजेमा काउकुती लाग्दैन । किनेभने काउकुती भनेको सरप्राइज जस्तै हुन्छ । तर, हामी आफैले काउकुती लगाउदा सरप्राइज हुँदैन । यसकार हामीलाई काउकुती पनि लाग्दैन र हाँसो पनि लाग्दैन ।

शरीरमा काउकुती दुई तरिकाले हुन्छ । ती हुन्, निसमेसिस र गार्गालेसिस । वैज्ञानिकले धरै पहिले काउकुती हुने यी तरिकाको बारेमा बताएका थिए । निसमेसिसमा जब कोई शरीरको छालालाई हल्का तरिकाले स्पर्श गर्छ भने यो संदेश छालाको बाहिरी कोशिकाले मस्तिष्कमा लैजान्छ । त्यसपछि मात्रै हामीलाई काउकुतीसंगै हाँसो पनि लाग्ने गर्छ ।