६५ प्रतिशत बम्पर बोनसको हकदार बन्ने भए आजै सेयर किनिसक्नुस् है !

446

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ६५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । लगानीकर्ताले बैंकको ६५ प्रतिशत बोनस पाउन आजसम्म सेयर खरिद गरिसक्नुपर्छ । बुक क्लोज हुने दिन भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनिले मात्र लाभांश पाउने हुँदा आइतबार नै कालिकाको सेयर किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनीले भने स्वतः बोनसको हकदार हुनेछन् । कालिको बुक क्लोज सोमबार हुँदैछ । कालिकाले ६५ प्रतिशत बम्पर बोनस पारित गराउन बैशाख २३ मा साधारण सभा बोलाएको छ । कम्पनीले बोनसमा लाग्ने कर तिर्न १७ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांस पनि दिने प्रस्ताव साधारण सभामा लैजाँदैछ । सभा प्रयोजनका लागि कालिकाले बैशाख ४ देखि बैशाख २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्नेछ ।