लोकतन्त्र दिवसको दिन प्रचार समितिको बृहत भेला हुने

384

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको जिल्ला स्तरिय प्रचार प्रसार समितिको आईतवार बसेको बैठकले बैशाख ७ गतेभित्र जिल्लाको चार वटै नगरपालिकाका वडास्तरमा प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ । संयोजक केदार खड्काको अध्यक्षतामा बसेको बैठकले निर्वाचनको प्रचार प्रसारलाई चुस्त र दुरुष्ट बनाउन वडास्तरमा समेत प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले क्षेत्र र नगरसमितिहरुलाई बैशाख ७ गतेभित्र प्रचार प्रसार समिति गठन गर्न निर्देशन समेत दिएको छ । सो बैठकले आगामी बैशाख ११ गते लोकतन्त्र दिवसको दिन बिहान ७ बजे सिद्धपोखरी पार्टी प्यालेस दुधपाटीमा प्रचार प्रसार समितिको बृहत बैठक राख्ने समेत निर्णय गरेको छ । सो बैठकमा जिल्ला, क्षेत्र, नगर र वडास्तरमा गठन हुने प्रचार प्रसार समितिका पदाधिकारी, सदस्य, शुभेच्छुक पत्रकारलगायतको सहभागिता हुने प्रचार संयोजक केदार खड्काले जानकारी दिनुभयो ।