सन्नी लियोनको कण्डमवाला विज्ञापन साह्रै अश्लील भएपछि

459

बलिउड अभिनेत्री सनी लियोन एउटो कण्डमको विज्ञापनका कारण आलोचित बनेकी छिन् । रिपब्लिकन पार्टी अफ इन्डिया(आरपीआइ) का महिला विभागले सोमबार सन्नी लियोन सहभागि भएको कण्डमको विज्ञापनको कडा विरोध गरेका छन् । उनीहरुले यस विज्ञापनको प्रसारणमाथि रोक लगाउँनु पर्ने माग गरेका छन् ।

आरपीआईकी महिला विभागकी सचिव शीला गांगुर्देले भनिन् ‘यो विज्ञापन हेर्दा सबै महिला दर्शक लाजले भुतुक्क हुन्छन् । विज्ञापनमा साह्रै फोहारी दृश्य छ, जुन हेर्न साह्रै अप्ठेरो लाग्ने खालको छ’ टेलिभिजन च्यानहरुमा देखाइने यो विज्ञापनको दृश्यले हरेका घरका आमा, छोरी, दिदीबहिनी र पत्नीहरुका लागि असहज परिस्थिति सिर्जना गरिदिएको छ । यही विज्ञापनका कारण उनीहरु परिवारसँग बसेर टिभी हर्न समेत अप्ठेरो बनाइदिएको छ ।’

यस्ता खालका विज्ञापन प्रसारणमा रोक लगाउँन भन्दै आफ्नो संगठन समक्ष थुप्रै महिलाले उजुरी गरेको नेतृ शीला गांगुर्देले दावी गरिन । यो लगायत यस्ता खालका गर्भनिरोधकका साधनको विज्ञापन प्रसारणमा रोक लगाउनु पर्ने माग उनले बताइन ।