विराटनगर, – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्ध विच्छेद गरेकी छन् ।वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर ११ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारूसंग सम्बन्ध विच्छेद गरेकी हुन् । पतिपत्नीबीच पाँच दिनअघि जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिएको हो । सम्बन्ध विच्छेदपछि रिंकुदेवीले आइतबार जिल्ला प्रशासन कार्यालयबाट माइतीको थरबाट नागरिकतासमेत लिएकी छन् । उनलाई दलित महिला कोटाबाट नेकपा एमालेले विराटनगर ११ को वडा सदस्यमा सिफारिस गरेको छ । दलित महिला कोटामा उक्त वडाबाट सदस्यमा एमालेको सिफारिसमा पर्ने एकजना मात्रै भएपछि उनी उम्मेदवार बन्ने निश्चित छ ।
स्थानीय सवदनारायण सरदार थारूसँग रिंकुदेवीको १८ वर्षअघि प्रेम विवाह भएको थियो । उनका दुई छोरा छन् । विवाह भएपछि उहाँले पतिकै नाम र थरबाट नागरिकता लिएकी थिइन् । पतिले ११ वर्षअघि कान्छी पत्नी भित्र्याएपछि दुईजनाबीच राम्रो सम्बन्ध थिएन ।
‘ श्रीमान्ले सौता हालेपछि सम्बन्ध राम्रो हुन सकेन । हामी अलगअलग बस्दै आए पनि सम्बन्ध विच्छेद भने गरेका थिएनौं’, रिंकुदेवीले भनिन् , ‘नागरिकतामा पतिकै थर भएकाले अहिलेको चुनावमा उठ्न नपाइने भइयो । अलगअलग भएपछि औपचारिक रूपमै सम्बन्ध टुटाएर माइतीको थरमा नागरिकता बनाउँदा चुनावमा उठ्न पाइने भएपछि उम्मेदवार उठ्न सम्बन्ध विच्छेद गरेकी हुँ ।’
उनका अनुसार पतिको नामबाट लिएको नागरिकता उम्मेदवारको बाधक बनेपछि विकल्पका रूपमा सम्बन्ध विच्छेदलाई रोजिएको हो । सरदार थारू दलित समुदायमा पर्दैनन् । श्रीमान्को नामबाट नागरिकता लिँदा रिंकुदेवीको थर पनि सरदार थारू नै थियो ।