मलेसियामा हत्या अभियोगमा मुद्दा खेपेका अशोक निर्दोष

375

क्वालालम्पुर – मलेसियाली नागरिक हत्याको अभियोगमा मुद्दा खेप्दै आएका किमे ९ गुम्थाङ, सिन्धुपाल्चोकका अशोक लामा (लालबहादुर तामाङ) निर्दोष सावित भएका छन् ।

मुथुभेलु गोविन्दन नाम गरेका मलेसियाली नागरिक हत्याको आरेपमा सन् २०१५ नोभेम्बरमा पक्राउ परी मुद्दा खेप्दै आएका सेक्युरिटी गार्डमा कार्यरत लामामाथि मृत्युदण्ड मागसहित मुद्दा लगाइएको थियो ।

नेपाली दूतावासका अनुसार कानुनी परामर्शदाता (वकिल) कारेन जित कौरले गता बर्ष जुन १४ मा लामामाथि झुटो मुद्दा लगाइएको भन्दे कार्यालयमा निवेदन दिएकी थिइन् ।आजको कान्तिपुरमा खबर छ ।