काठमाडौं उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ बन्ने

122

काठमाडौँ उपत्यकाका विभिन्न तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण हुने भएको छ । काठमाडौं चक्रपथ अन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण हुने भएको हो ।
फ्लाइओभर निर्माणका लागि अध्ययन भइरहेको सडक विभागले जानकारी दिएको छ । चीनको आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको चक्रपथमा सरकार आफैंले फ्लाइओभर निर्माण गर्न लागेको हो । चक्रपथ आठ लेनको भएपनि मुख्य मुख्य चोकमा सवारीसाधन जाममा बस्नुपर्ने बाध्यता छ । कलङ्की चोकमा अण्डरपास निर्माण गरिएका कारण जाम घटेपनि ग्वार्को, सातदोबाटाे र एकान्तकुना चोकमा जामको समस्या छ भने सवारीसाधन वारपार गर्दा दुर्घटनाको जोखिम त्यत्तिकै बढेको छ । सोही समस्यालाई मध्यनजर गर्दै मुख्य लेनमा आउजाउका लागि फ्लाइओभर निर्माणको योजना अघि सारिएको विभागले जनाएको छ । डिपीआर तयार भएपछि मात्र फ्लाइओभर कस्तो मोडेलमा निर्माण हुने भन्ने तय हुनेछ ।