भक्तपुर– प्राविधिक प्रशिक्षण प्रतिष्ठान(टीआईटीआई)ले स्थानीय तहसम्म नै आफुहरु तालिम दिन सक्षम भएको जनाएको छ । प्रतिष्ठान २५ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा टीआईटीआईका वरिष्ठ प्रशिक्षक एवं प्रशासन प्रमुख प्रमोद आचार्यले सम्पुर्ण स्थानिय तह सम्म टीआईटीआईले सेवा प्रदान गर्न सक्ने जनाएका हुन् ।
योसँगै सो प्रतिष्ठानले देशभर छरिएर रहेका प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुमा कार्यरत प्रशिक्षक तथा भविष्यमा प्रशिक्षक बन्न चाहनेहरुका लागि प्रशिक्षक अध्यापन अनुमति पत्र प्रदान गर्ने र गर्दै आएको जनाएको छ ।
त्यसको लागि प्रतिष्ठानले सिटीईभिटी र विभिन्न विश्वविद्यालयहरुसँग समन्वय गरी कार्यक्रम सञ्चालनको तारतम्य मिलाएको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको क्षेत्रमा काम गर्दै आएका प्रशिक्षक, कर्मचारी र व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गरी तालिमको क्षेत्रमा गुणस्तर कायम गर्ने कार्यमा सहयोगी भूमिका खेल्दै आएको सो प्रतिष्ठानले संघीय संरचनामा पनि आफ्नो प्रभावकारी उपस्थिति जनाउनका लागि उक्त योजना बनाएको हो ।
‘तालिमलाई कसरी व्यवहारिक र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा हामी चिन्तन गरिरहेका छौं, यसै अनुरुप बदलिएको परिस्थितिअनुरुप टीआईटीआईलाई स्थानीय तहमा पनि पुर्याउने टीआईटीआंईले जनाएको छ ।’संस्थाले हाल सम्म २६ हजारलाई तालिम प्रदान गरि सकेको छ ।