राप्रपा पनि सरकार छाड्ने

372

काठमाडौ– प्रधानन्यायधिश सुशिला कार्कीमाथि महाअभियोग लगाएपछि सत्ता गठबन्धनमा पनि असर देखिएको छ ।

विमलेन्द्र निधिले उपप्रधान तथा गृहमन्त्री पदबाट राजिनामा दिइसकेका छन् भने सत्ता घटक राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकार छाड्ने मनस्थिति बनाई सकेको छ ।

सरकार प्रमुख दुई घटक दलले महाअभियोग ल्याउँदा आफूहरुलाई कुनै जानकारी नगराएको तथा छलफल नगरेको आरोप राप्रपाको छ । सो पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले पनि ट्वीट गरेर महाअभियोगको विरोध गरेका छन् ।

सरकार छाड्ने बारेमा भोली बस्ने पार्टीको कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने सो पार्टीका प्रवक्ता सुशिल कुमार श्रेष्ठले जानकारी गराए ।