विद्युत महसुल कम गर्ने उपायहरु

553

गर्मी महिना सुरु भइसकेको छ। शितल होस् भनेर अहिले घरमा पंखा, एसी, एयरकुलर, रेफ्रिजेरेटर प्रयोग गर्न सुरु भइसकेको छ। यस्तोमा बत्तीको महसुल पनि धेरै नै उठ्छ। तर महसुल उठ्छ भनेर नचलाउने कुरा पनि हुँदैन। विद्युत खपत कम गर्ने केही उपाय अपनाएमा बिल कम गर्न सकिन्छ। केही साधारण तर उपयोगी उपाय यस्ता छन्ः

१. विद्युतीय सामानहरु मेन ९मुख्य० स्वीच बाटै बन्द गर्ने। किनकि मेन स्वीचबाट बन्द नगर्दा स्क्रीन अफ भएपनि डिभाइसमा बिजुली भने आइरहन्छ।
२. साधारण बल्बको साटो एलइडी बल्ब लगाउने। एक साधारण बल्बले १३ वटा एलइडी बल्ब बराबरको विद्युत खपत गर्ने बताइएको छ।
३. कोठाको स्पेश अनुसारको एसी राख्ने। सानो कोठामा ठूलो वा ठूलो कोठामा सानो एसी राख्नाले विद्युत त्यसै धेरै खेर जान्छ। एसीको एयर फिल्टर पनि सफा राख्ने।
४. एसी भएको कोठाको झ्याल ढोका खुला भएमा चिसोपना बाहिर जान्छ। त्यस्तै एसी चलाउँदा निश्चित डिग्रीमा चलाउने।
५. रेफ्रिजेरेटर नियमितरुपमा डिफ्रस्ट गर्ने। यसबाट वाफ बनिरहन मद्दत पुग्छ र चिसोपना व्यवस्थापन हुन्छ। डिफ्रस्ट नगरेमा वाफ बन्न पाउँदैन र पानी वा अन्य कुरा चिसो हुन धेरै समय लाग्छ।
६. रेफ्रिजेरेटरमा तातो खानेकुरा नराख्ने। तातो चिजको तापलाई कुलिङमा बदल्न धेरै विद्युत खपत हुन्छ।
७. गर्मी मौसममा वासिङ मेसिनमा कपडा नसुकाउने।
८. पंखा, कूलरको समय समयमा मर्मत गर्ने। सामान्यतया ब्यारिङ जाम हुँदा आवाज आउने हुन्छ जसबाट धेरै विद्युत खपत हुन्छ। प्रयोग नहुँदा बन्द गर्ने।
९. मिक्सरको जारहरु बारम्बार धुँदा पानी जमेर जाम हुनसक्छ र यसले धेरै विद्युत खपत गर्छ। त्यसैले मिक्सरको जारहरु धोएर घाममा सुकाउने गर्नुपर्छ।