सार्वजनिक गाडी ग्यारेजमा, निजी गाडी भाडामा

150

प्रदेश नं ५ मा जनजीवन सामान्य बनाउन निशेधाज्ञा केही खुकुलो भएपछि निजी सवारी साधन भाडामा प्रयोग हुन थालेका छन् ।
स्थानीय प्रशासनले निशेधाज्ञा केही खुकुलो बनाउन निजी सवारीमा जोर-बिजोर प्रणाली लागु गरेको थियो । तर सार्वजनिक यातायात लामो समयदेखि ग्यारेजमै थन्किरहेको अवस्थामा कानून विपरीत धमाधम निजी सवारी भाडामा प्रयोग हुन थालेका हुन् ।
कोरोना भाइरस नियन्त्रण गर्न संघीय सरकारले चैत्र ११ गतेबाट देशभरी नै लकडाउन गरेयता सार्वजनिक यातायात चलेका छैनन् । तथापि साउन ७ गते लकडाउन अन्त्यको घोषणा भएपछि केही समय चले । लकडाउन अन्त्य गरेपश्चात् पनि नेपालमा कोरोना भाइरस नियन्त्रण हुनुको साटो झन्-झन् महामारीको रुप लिन थालेपछि सरकारले स्थानीय प्रशासनलाई निशेधाज्ञा गर्ने अधिकार प्रत्यायोजन गर्यो । तत्पश्चात् देशका स्थानीय प्रशासनले नै निषेधाज्ञा गर्ने तथा खुकुलो बनाउने जिम्मा लिंदै आएका छन् ।
प्रदेश नं ५ का पाल्पा, रुपन्देही, अर्घाखाँची, गुल्मी, नवलपरासी लगायतका जिल्लामा निजी सवारी खुलेआम भाडामा प्रयोग भएपनि स्थानीय प्रशासले कारबाही गर्न नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ५ नम्बर प्रदेश संयोजक तथा श्रीनगर यातायात प्रालिका अध्यक्ष डिल बहादुर ढुंगानाले यातायात टाइम्स डटकमसंगको कुराकानीमा बताउनुभयो ।