राष्ट्रपतिमा रामचन्द्र पौडेल

116

काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आजभएको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेद्‍वार रहेका पौडेल निर्वाचित भएका हुन्।

जम्मा खसेको मतभार ४९ हजार ५ सय ९१ मतमध्ये पौडेलले ३३ हजार ८ सय २ मत पाएका छन्। पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन्।

यस्तै, उनका प्रतिद्धन्दी रहेका नेकपा एमालेका सुवाशचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मत प्राप्त गरेका छन्। नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए।

पौडेललाई ९ दलीय गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका मतदाताहरुले मत दिएका छन्।