भक्तपुर । भक्तपुर नगरपालिकाका जनप्रतिनिधि भनेपछि नीति नियममा बस्ने भनी नाम कहलाएका छन् । देश भरका अन्य नगरपालिकाले पनि यस नगरको उदाहरण दिने गरेको किस्सा सुनिने गरेको छ ।
तर यसै नपाका जनप्रतिनिधिले नक्सा पास नै नगरी घर बनाउँदैछन भन्दा सबैलाई अचम्म लाग्न सक्छ ।
यस्तै भई रहेको छ भक्तपुर नगरपालिका बडा नम्वर ५ मा । भक्तपुर नगरपालिका अरूलाई पाठ सिकाउने तर आफ्नै पूर्व जनप्रतिनिधिले भने नियम नै उलंघन गर्दै घर बनाउँदा कसले रोक्ने कसले छेक्ने । उनको सिको गर्दै टोलमा अन्यले पनि नक्सा पास त परै जावस वडामा जानकारी समेत नगराई घर निर्माणमा जुट्न लागेको स्थानीयले बताए ।
भक्तपुर नगरपालिका साबिक वडा नम्वर ११ लेसिङ्खेलमा नपाका पूर्व वडा सदस्य बलराम निहिसुतुले मनोमान रूपमा घर निर्माण गरेका हुन ।
आफू स्थानीय निकायमा रहँदा जनतालाई भने दुःख दिने जनप्रतिनिधिले आफूले भने वडा नपा कतै जानकारी नगराई घर निर्माण गरेको स्थानीयले बताए ।
वडामा र नगरमा पनि बुझ्दा उनले घर निर्माणको कतै अनुमति लिएको देखिएन । न उनले पुरानो घर भत्काई नयाँ बनाउन कतै अनुमति लिएका छन् न उनी नियम नै मान्छन् स्थानीय बताउँछन् ।
अरूलाई नियमको पाठ सिकाउनेले नै आफैले नियम मान्नु पर्ने रहेनछ । हाम्रो नगर नीति नियम मान्ने नगर भनेर जनप्रतिनिधिले भाषण नगरे हुने रहेछ उनले भने आफ्ना नेताले जे गरे पनि छुट अरूलाई मात्र नियम लगाउने नगरपालिकाका जनप्रतिनिधिहरू देखेर लाज लागेको समेत उनले बताए ।
नगरपालिकामा एकलौटी विजयी भएका पार्टीका जनप्रतिनिधिहरूमा नियम आफूले पनि मान्नु पर्छ भन्ने सिकाउनु पर्ने दिन आएको एक स्थानीयले बताए ।