काठमाडौं जिससकोे छैठौं जिल्ला सभा विभिन्न निर्णय गर्दै सम्पन्न

145

काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिको छैठौं जिल्ला सभामा विभिन्न निर्णय गर्दै शुक्रबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काठमाडौंको सभाहलमा सम्पन्न जिल्ला सभामा काठमाडौं महानगरपालिका सहित विभिन्न नगरपालिका प्रमुख र उपप्रमुखको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम सभाले सर्वसम्भतरुपमा पारित गरेको छ ।
कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै प्रमुख बुढाथोकीले गत आर्थिक वर्षमा सभाले पारित गरी सञ्चालन भएका कार्यक्रमको विवरण उल्लेख गर्नुभएको थियो ।
उहाँले गत आर्थिक वर्षको कुल बजेट खर्चको वित्तिय प्रगति ८०.८% भएको उल्लेख गर्नुभयो ।
जिसस मौज्दात कोषबाट हालसम्म स्थानीय तहहरुको प्रशासकीय भवन, वडा कार्यालय भवन, खानेपानी योजनामा समेत गरी काठमाडौ जिल्लाका विभिन्न महानगरपालिका तथा नगरपालिकाबाट ३० वटा आयोजना र कार्यक्रम स्वीकृत भएकोमा २६ वटा आयोजना सम्झौता भएको सभामा उहाँले प्रस्तुत गर्नुभयो । स्थानीय तहहरुको प्रशासकीय भवन, वडा कार्यालय भवन तथा खानेपानी आयोजना निर्माणको लागि जिल्ला समन्वय समितिको मौज्दात कोषबाट आवश्यक बजेट उपलव्ध गराई प्रशासकीय भवन तथा वडा कार्यालयको भवन निर्माणमा महत्वपूर्ण योगदान पु¥याउदै आएको बुढाथोकीले बताउनुभयो ।
काठमाडौं जिल्ला भित्र रहेका स्थानीय तहहरुको विभिन्न विषय तथा क्षेत्रमा जिल्ला समन्वय समितिमार्फत क्षमता विकास कार्यक्रम संचालन गर्न समन्वयकारी भूमिका निर्वाह गरिएको प्रमुखले उल्लेख गर्नुभयो ।
स्थानीय तह निर्वाचन पश्चात निर्वाचित भइ आएका जिल्ला समन्वय समिति काठमाडौं र काठमाडौं जिल्लाका विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख तथा सदस्यहरुसहितको समन्वय बैठक सम्पन्न गरिएको, काठमाडौं उपत्यका भित्र रहेका प्रदेश सरकार अन्तर्गतका विभिन्न कार्यालयहरुसँग समन्वय बैठक कार्यक्रम सञ्चालन गरिएको, जिससबाट विकास निर्माण कार्यलाई सहजीकरण गर्ने उद्देश्यसहित विभिन्न स्थानीय तहमा स्थलगत अनुगमन कार्य गरिएको, प्रदेश सुशासन केन्द्रका कार्यक्रमहरुलाई स्थानीय तहसम्म पुर्याउन सहजीकरण तथा समन्वय गरिएको, काठमाडौं जिल्ला भित्र रहेका स्थानीय तहसँग समन्वय गरी स्थानीय तहहरुबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासन प्रवद्र्धनमा समन्वयकारी भूमिका निर्वाह गरेको प्रमुख बुढाथोकीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको गरिएको छ ।
त्यस्तै स्थानीय तहहरुको प्रशासकीय भवन, वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समितिको मौज्दात कोषवाट आवश्यक वजेट उपलव्ध गराई प्रशासकीय भवन तथा वडा कार्यालयको भवन, खानेपानी निर्माण सम्बन्धी पुरानो तथा नयाँ आयोजनाहरुमा महत्वपूर्ण योगदान पु¥याउदै आएको छ ।
जिल्ला समन्वय समिति काठमाण्डौंले उपलब्ध स्रोत साधन र जनशक्तिमा निर्भर रही संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनले तोकेको जिम्मेवारी पूरा गर्दै आएको छ । उहाँले भन्नुभयो “स्थानीय तहको संस्थागत क्षमताको मूल्याङ्कन गरी नगरपालिकाको सेवाको प्रभावकारीता बृद्धि गरी सुशासन प्रबद्र्धन गर्ने कार्यमा जिल्ला समन्वय समितिले समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ । ”
आगामी दिनमा स्थानीय तहको संस्थागत क्षमताको मूल्याङ्कन गरी कार्यसम्पादनको आधारमा उत्कृष्ट कार्य गर्ने नगरपालिकालाई पुरस्कृत गर्ने ब्यवस्था जिल्ला समन्वय समितिबाट मिलाईने जिससले जनाएको छ ।
प्रदेश सरकारबाट आवश्यक कानून तथा कार्यविधि सम्बन्धमा स्पष्ट व्यवस्था नहुँदा जिल्ला सभाको तर्फबाट जिल्ला समन्वय समितिले गर्नुपर्ने कार्य सम्पादन व्यवस्थित र प्रभावकारी हुन नसकेको सभा समक्ष उहाँले अवगत गराउनुभयो ।
आगामी दिनमा सङ्घीय र प्रदेश सरकारबाट कानून निर्माण गरी जिल्ला समन्वय समितिले निर्वाह गर्नुपर्ने संबैधानिक एवं कानूनी भूमीका पूरा गर्न सहयोग गर्न समेत उहाँले संघ र प्रदेश सरकालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सभालाई स्वागत गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख शान्ति पाण्डेले संविधानको धारा २२० मा उल्लेखित जिससको कार्यक्षेत्रमा रहेर जिल्ला समन्वय समिति काठमाडौं नियमितिरुपमा आफ्नो कार्य गरिरहेको बताउनुभयो । जिससले स्थानीय तहबाट गरेका कामको नियमितरुपमा अनुगमन र तथा सहजिकरण गरिरहेको भन्दै पाण्डे आगामी दिनमा संविधान र कानुनको परिधिमा रहेर जिससले आफ्नो कार्यलाई निरन्तरता दिने बताउनुभयो ।
जिल्ला सभाको सहजिकरणको भूमिका निर्वाह गर्दै जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर अर्यालले जिल्ला सभाका सदस्यहरुले राखेका विभिन्न जिज्ञासाको जवाफ दिनुभएको थियो ।
कार्यक्रममा तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जन, कीर्तितपुर नगरपालिका प्रमुख राजकुमार नकर्मी, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाल, नागार्जुन नगरपालिका उपप्रमुख सुशिला अधिकारी, गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामा लगायतले जिल्ला समन्वय समितिको कामकालाई थप प्रभावकारी बनाउन सबैले आआफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा जिससका सबै सदस्य र कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।