गोदावरी नगरपालिकाद्धारा बोयर जातका बोका वितरण

52

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले नगरपालिकाभित्रका व्यावसायिक किसानलाई बोयर जातको बोका वितरण गरेको छ । स्थानीय किसानको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशतमा स्थानीय बाख्रालाई नश्ल सुधार्न र उन्नत जातका पाठापाठी उत्पादन गर्न स्थानीय किसानलाई बोयर जातका बोका वितरण गरेको हो । मंगलबार नगरपालिका प्रमुख गजेन्द्र महर्जनले स्थानीय व्यावसायिक किसानलाई १३ वटा बोयर जातका बोका वितरण गरेको हो ।
महर्जनले किसानलाई व्यावसायिकरण गर्नका लागि नगरपालिकाले फिप्टी, फिप्टी लागतमा बोयर जातका बोका वितरण गरिएको बताउनुभयो । बोका वितरणले स्थानीय बाख्राको नश्ल सुधार भइ उन्नत जातका पाठापाठी उत्पादन हुने भन्दै यसले किसानलाई व्यावसायिक बन्न हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो । गोदावरी नगरपालिका पशु शाखाका अनुसार एउटा बोकालाई सरदर ४८ हजार परेको छ । ४८ हजारको ५० प्रतिशत किसानले बेहोरेका छ्न् भने ५० प्रतिशत नगरपालिकाले लगानी गरेको छ । नगर प्रमुख महर्जनले किसानको आर्थिक अवस्था सुधार गर्नका लागि दिएको बताउनुभयो
नगरपालिकाले अघिल्लो वर्ष आर्थिक वर्ष पनि १४ वटा बोयर बोका किसानलाई दिएको थियो । हस्तान्तरण गरेको बोकामा बोयरको जातीय गुण ७५ प्रतिशत रहेको गोदावरीका पशु शाखा प्रमुख ईश्वरप्रसाद घिमिरेले जानकारी दिनुभयो ।