भक्तपुर । भक्तपुरमा घरेलु मेला चली रहेको छ । स्थानीय उत्पादनबाट पर्यटन प्रवर्द्धनको लागि भक्तपुरमा दुई दिने भक्तपुर घरेलु उत्पादन मेलामा चर्खा देखि लोकल रक्सी सम्मको मजा लिन सकिन्छ ।
मौलिक उत्पादन तथा घरेलु उत्पादनहरूको प्रदर्शनी, जीवन्त हस्तकला प्रदर्शनी, स्थानीय नेवारी खाना , सम्पदा यात्रा, परम्परागत नाच र दीपावलीका साथ भक्तपुरमा घरेलु उत्पादन मेलामा लोकल रक्सी बनाउने देखि योमरी, चटामरी, चर्खाबाटा धागो बनाएको तान वुनेको देखि टाइचिन चिउराको मज्जा सम्म लिन सकिन्छ ।
भक्तपुर नगरपालिका भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ भक्तपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा हुन लागेको यस मेलामा स्थानीय तर्फ जाऊँ अर्थात् गो लोकलको अवधारण सहित भई रहेको मेला यस्तो रहेको छ ।
केहि फोटोहरु















