समृद्ध नगरका लागि वामतालमेल

483

सागर गुरागाईं,
मध्यपुर थिमि । नेकपा एमाले र नेमकिपाका मध्यपुर थिमि नगरपालिका मेयर पदका नेकपा एमालेको तर्फबाट साझा उम्मेदवार मदनसुन्दर श्रेष्ठले सुशासन, समृद्ध नगर एवं मथिनपालाई पर्यटकिय नगर बनाउनका लागि साझा प्रतिवद्धता सार्वजनिक गर्नु भएको छ । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका उपाध्यक्ष बचन देउजाको सभापतित्वमा आयोजित सयुंक्त चुनावी सभालाई सम्बोधन गर्दै मथिनपाको मेयर पदका प्रत्यासी श्रेष्ठले मथिनपा भ्रष्टाचारीको अखडा बनेको तर्क गर्दै कमेरोटार आयोजनाले धेरै किसान एवं जग्गाधनीलाई दुःख दिएको बताउनु भयो । कोरिया नेपाल मैत्रि अस्पतालको व्यवस्थापन र संचालन चुस्त गर्दै मथिनपा भित्रको संस्कृति संरक्षण, संवर्धन, खानेपानीको समूचित व्यवस्थापन, सुशासन, पारदर्शिता, युवामैत्रि कार्यक्रम, व्यवस्थित सडक, ढल, हनुमन्त–मनोहरा कोरिडोरदेखि मथिनपाको समग्र विकासकालागि नेकपा एमाले र नेमकिपालाई साझा उम्मेदवारलाई मतदान गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा साझा उम्मेदवार नेमकिपाको तर्फवाट केदार खड्काले मध्यपुर थिमि क्षेत्रको समग्र विकासका लागि साझा उम्मेदवारलाई मतदान गर्न आव्हान गर्नुभयो । मथिनपा ४ बालकुमारी डबलीमा भएको चुनावी सभामा नेकपा एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राजथला, नेमकिपाका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठ, एमाले नेता राजेन्द्रमान श्रेष्ठ, नेमकिपाका प्रेमजन थापा श्रेष्ठ लगायतका बक्ताहरुले स्वाभीमान, आत्मसम्मान एवं समृद्ध मध्यपुर नगरका लागि एमाले र नेमकिपाका साझा उम्मेदवारहरुलाई विजयी गराउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रष्ट नीति लिएका ठीक व्यक्तिलाई उचित पदमा पु¥याउन नगरवासीले मनी र मसल्स्को पछि लाग्न नहुनेमा वक्ताहरुको जोड दिएका थिए । यसैबीच बैशाष २५ गते बिहान एमाले र नेमकिपाको संयूक्त चुनावी ¥याली शंखधरचोकबाट सुरुभई बालकुमारी, लाय्कु, दुईपोखरी, चपाचो बाहाखाबजार हुदैं नगदेश पुगेर घरदैलो कार्यक्रम गरेको थियो । दिउँसो बोडेमा भएको कोणसभालाई मेयर पदका प्रत्यासी मदन सुन्दर श्रेष्ठ, उपमेयर पदका प्रत्यासी केदार खड्का, वडा अध्यक्षहरुले मथिनपाको समग्र विकास र सुशासनको बारेमा आआप्mनो प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरि बैशाख २५ गते चपाचोमा नेपाली काँगे्रसले पनि चुनावी कार्यक्रम गरेको छ । चुनावी कार्यक्रम अन्तरगत नेकपा माओवादी केन्द्र मध्यपुर थिमि, राप्रपा लगायतका पार्टीहरुले पनि मध्यपुर थिमिमा चुनाव प्रचार प्रसार, कोणसभा एवं घरदैलो कार्यक्रम गरिरहेका छन् । यही बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचन अन्तरगत उम्मेदवारहरु कोणसभा र घरदैलोमा व्यस्त छन् । मथिनपाका विभिन्न टोल, चोक र गल्लीहरु विभिन्न पार्टीका झण्डाले सिंगारिएका छन् ।