भक्तपुर । माता तीर्थ औँसी बहार भन्दै आरम्भ बेकरी भक्तपुर सल्लाघारीले विभिन्न स्वादमा केक उपलब्ध गराउने भएको छ ।
वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने दिन जुन दिन आफूलाई जन्मदिने आमालाई मीठा–मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर आमाको मुख हेर्ने उत्सवलाई आरम्भ बेकरीले विभिन्न स्वादका केकका साथ आमाको मुख हेरौ भन्दै विभिन्न स्किम ल्याएको छ ।
आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद आरम्भको केक सँग भन्दै भक्तपुर सल्लाघारी दुवाकोट मोडमा रहेको आरम्भ बेकरीले विभिन्न डिजाइन र स्वादमा केक उपलब्ध गराउने भएको छ ।
ताजा सफा एवं स्वादिलो केकका लागि ख्याति कमाएको आरम्भ बेकरीले आमाको मुख आरम्भको केक सँग भन्दै विभिन्न भराइटिको केकहरू उपलब्ध गराउन लागेको आरम्भका सञ्चालक रितम प्रधानले बताउनुभयो ।