भक्तपुरमा सहकारी प्रबन्धकलाई कालोमोसो र जुत्ताको माला लगाइदिएपछि

668

भक्तपुर । भक्तपुरको एक सहकारीका प्रबन्धकलाई कालोमोसो दल्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरस्थित कृषि विकास तथा ऋण सहकारीका संस्थाका प्रबन्धक निर्देशक समिर खत्रीमाथि कलोमोसो दलेर जुत्ताको माला लगाइ दिनेहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं ०७ धुन्चेपाखा बस्ने बर्ष ४४ को मुरारी नेपाल, ओखलढुंङगा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने बर्ष ३६ कि प्रेम कुमारी तामाङ, झापा कोहोरा गाउँपालिका २ घर भई हाल गठ्ठाघर बस्ने बर्ष ३९ को कृष्ण संग्रौला, मध्यपुरठिमी नगरपालिका वडा नं०९ बोडे बस्ने बर्ष ६३ को गोरख बहादुर गिरी र ओखलढुङगा लिखु गाउँपालिका वडा नं ०४ घर भई हाल कौशलटार बस्ने बर्ष ३४ कि पबित्रा तामाङ रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले सहकारीका प्रबन्ध निर्र्देशक खत्रीमाथि सोही सहकारीका बचत कर्ताहरुले कालोमोसो दलेर जुत्ताको माला लगाइ दिएका थिए । सो खबर पछि घटनास्थलमा प्रहरी पुगेको थियो ।

सो सहकारी विगत १२ वर्षदेखि सञ्चालनमा रहेको खुलेको र सो घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।