ताथलीको स्वेत भैरव इट्टा उद्योगमा माटो मुछ्ने मेसिनले पेलिँदा परियारले दुवै खुट्टा पेलिए

2025
सन्दर्भ फोटो

 

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथली स्थित स्वेत भैरव इट्टा उद्योगमा माटो पेल्ने मेसिनमा खसेर एक जनाले दुवै खुट्टा पेलिएका छन् ।

इट्टा बनाउन माटो पेल्ने मेसिनमा माटो मुछ्ने क्रममा रोल्पा नगरपालिका वडा नम्वर ६ घर भएका २२ वर्षिया विशाल परियारको दुवै खुट्टा उक्त मिक्स्चर मेसिनमा पेलिएको थियो ।

मेसिनमा परेका उनको उद्धार भए पनि उनको घुँडा मुनिको भाग भने मेसिनले काटेको प्रहरीले जनाएको छ ।

माटो मुछ्ने मेसिनमा असावधानी अपनाउँदा घटना भएको हुन सक्ने स्थानीयले बताएका छन् ।

जथाभाबी रूपमा माटो पेल्ने मेसिन जडान गरी कामदारको सुरक्षामा कुनै पनि सावधानी इट्टा उद्योगले नअपनाउँदा घटना भएको स्थानीयको आरोप रहेको छ ।

घाइतेको हाल वि एन्ड वि अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।

उस्पतालमा उनको उपचारका क्रममा लामो अपरेशन भएको छ । अपरेशन पस्चात उनको खुट्टाले काम गर्न सक्ने अस्पताल स्रोतले जानकारी दिएको छ ।
खुट्टाको हड्डी भाँचिएको भएपनि खुट्टा दुई टुक्रा नै नभएका कारण उनले अपरेशन गरी खुट्टा जोगाउन सक्षम भएको अस्पताल स्रोतले जनाएको छ ।
उनलाई निको हुन भने समय लाग्ने अस्पतालले जनाएको छ ।