भक्तपुर । सहकारीको बदमासीको सीमा नै नागेको उदाहरण भक्तपुरको एक सहकारीमा पनि देखिएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ४ अवस्थित किलेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अघिल्लो दिन ऋण दिएर भोलि पल्ट नै लामो समय देखि ऋण नतिरेको भन्दै धितो जफतको सूचना निकालेको खुल्न आएको छ ।

किलेश्वर सहकारीले २०७७ पुस १ गते प्रेम कुमार खत्रीलाई ऋण निकासा गर्दै हायर पर्चेजमा स्करपियो गाडी खरिदका लागि रकम दिएको थियो ।
हायर पर्चेजमा खरिद गरिएको गाडीका लागि ऋण पाएकोमा मक्ख रहेका उनलाई पुस २ गते नै सहकारीले तीन महिना देखि ऋणको व्याज र किस्ता तिर्न नआएको भन्दै पत्र काटेर स्करपियो तान्ने सूचना निकालेको रहेछ ।

सोही अनुरूप हाल किस्ता तिर्दा तिर्दैको स्करपियो सहकारीले उठाएर अध्यक्ष आफैले चढ्दै आएको खत्रीले बताए ।
गाडीको किस्ता तिरेको छैन भनेर ऋण लिएको अर्को दिन नै सूचना निकालेछन् र मैले किस्ता तिर्दा तिर्दै नै उनीहरूले २०७९ साल भाद्रमा गाडी उठाएको छ ।
आफूलाई अन्याय भएको भन्दै खत्री हाल अदालत र विभिन्न सरकारी निकायमा धाउनुको विकल्प छैन ।