भक्तपुरमा विवाह तयारीमा रहेका युवतीले गरिन आत्महत्या

1513

भक्तपुर । आफ्नो आगामी वैशाख २८ गते विवाह तयारीमा रहेकी युवतीले आत्महत्या गरेकी छन् । सूर्यविनायक नगरपालिका वडा नम्वर ७ की एक युवतीले आफ्नो विवाहको तयारी हुँदा हुँदै आत्महत्या गरेकी छिन् ।

 गुण्डु घर भएकी २४ वर्षीय सुस्मिता खड्काले आत्महत्या गरेकी हुन् । खड्काले घरमा रहेको फलामको भर्याङमा नाईलनको डोरीको पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । सुस्मिताले सुसाईट नोटमा ‘टिकाटालो गर्नं बांकी रहेको, आफु आफैँ झुन्डीएकोले पिर नगर्नु’ भन्ने लेखेर छोडेको प्रहरीले जानकारी दिएको छ ।

उनको काठमाडौ दक्षिणकाली घर भएका अधिकारी थरका युवकसगं विवाह हुने सम्पूर्ण तयारी भइसकेको खुलेको छ । घटनास्थल लाशजांच, जाहेरी लगायतको काम पूरा गरि शव पोष्टमार्डमकालागि पठाई यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।