बागमती गाउँपालिकाको अत्याधुनिक प्रशासनिक भवन निर्माण

79

वैशाख २४ गतेदेखि नयाँ भवनबाट सेवा प्रवाह

ललितपुर । ललितपुरको बागमती गाउँपालिकाले बैशाख २४ आइतबारदेखि सबै सेवाहरु नयाँ प्रशासनिक भवनबाट प्रदान गर्ने भएको छ । गाउँपालिकाको वडा नं. ३ भट््टेडाँडाँको छपेलि स्थित गाउँपालिकाको नवनिर्मित भवनबाट प्रदान गरिने गाउँपालिकाले सूचना सार्वजनिक गरि जनाएको छ ।
गत तीन वर्ष अगाडि शुरु गरिएको प्रशासनिक भवन निर्माण सम्पन्न भएसँगै गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह गर्न लागेको हो ।
प्रशासनिक भवनको अभावमा सेवा प्रवाहमा समस्या भएपछि २०७४ सालमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनबाट गाउँपालिकामा अध्यक्ष वीरबहादुर लोप्चन सहितका पदाधिकारी निर्वाचित भएसँगै नयाँ प्रशासनिक भवन निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।
अध्यक्ष वीरबहादुर लोप्चनले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह भएपछि गाउँ कार्यपालिकाका सबै सेवाहरु सहज हुने अपेक्षा व्यक्त गर्नुभयो ।