भक्तपुरमा राप्रपा नेताको घर अगाडि सिलिण्डर बम विस्फोट

888

भक्तपुर : भक्तपुरमा शुक्रबार बिहानै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताको घर अगाडि सिलिण्डर बम विस्फोट भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित राप्रपाका नेता माधव खत्रीको घरअगाडि सडकमा शुत्रबार विहान ३ बजे सिलिण्डर बम विस्फोट भएको हो ।

राप्रपाका भक्तपुर जिल्ला नेता खत्री दोस्रो संविधान सभा निर्वाचन २०७० मा उम्मेदवार हुनुहुन्थ्यो । बम विस्फोटबाट खत्रीको घरको सिसा फुट्नुकासाथै  कम्पाउण्डको पर्खाल समेत ढलेको छ । बलमे खत्रीको घरसँगै रहेको ओम प्रधानको घरमा पनि क्षति पुर्‍याएको छ ।

 

शक्तिशाली सिलिण्डर बम विस्फाट हुँदा करीब एक किलोमिटर वरिपरि चर्को आवाज आउनुकासाथै ठूलो कम्पन भएको थियो । बम विस्फोटपछि घटनास्थलमा स्थानीयको भीड लागेको थियो भने ३:३० बजे प्रहरी घटनास्थल पुगेको थियो ।

 

हाल नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगिसकेको छ । बम विस्फोट कस्ले गराएको भन्ने पुष्टि भइ नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नजिकिदै गरेको निर्वाचनमा राप्रपाको वलियो उपस्थिती देखेर राप्रपाको नेताका घरमा बम विस्फोट गराएको हुन् सक्ने आँकलन गरिएको छ । खत्री राप्रपा चाँगुनारायण नगरपलिका प्रचार प्रसारमा अग्र स्थानमा लागेका थिए ।