भक्तपुर । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटमा रहेको गोल्डेन सुनगाभा अंग्रेजी बोडिङ स्कुलले नमूना संसद अभ्यास गर्ने भएको छ ।
त्यसको तयारी स्वरुप केही दिन अगाडी निर्वाचन प्रक्रिया अनुसार कमतदान गरेर संसद चयन गर्ने कार्य सकिएको विद्यालयका इन्र्चाज विनय खड्काले जानकारी दिएका छन् । “हामी दल जस्तै रेड हाउस, ब्लू, ग्रीन र यल्लो हाउस छुट्यार उम्मेदवार बनाएको थियो,” उनले भने । जसबाट प्रत्यक्ष तर्फ १२, समानुपातिक तर्फ ८ र १ जना मनोनित हुने व्यवस्था सहित नमूना संसदमा २१ जना सांसद रहने शिक्षक खड्काले जानकारी दिए ।
सामाजिक शिक्षा विषय अन्तरगत कार्यपालिका र व्यवस्थापिकाको अभ्यास सिकाउने मुख्य उद्देश्यका साथ नमूना संसदको कार्य गरिएको विद्यालयका प्रार्चाय महेशचन्द्र गौमतको भनाइ रहेको छ । यस कार्यमा कक्षा ३ देखि कक्षा १० सम्मका ३८७ जना विद्यार्थीहरुले मतदान गरेका प्रार्चाय गौतमले जानकारी दिए । सो निर्वाचन प्रक्रियामा कक्षा ४ देखि १० सम्मका ४८ जना विद्यार्थीले उम्मेवारी दिएका थिए ।
विद्यालय किताबी ज्ञान मात्रै नभए अन्य कुरा सिकाउने उद्देश्य लिएर नमूना संसदको अभ्यास गर्न लागिएको विद्यालयका अध्यक्ष लीलानाथ निरौलाले बताए । “रेड हाउस, ब्लू, ग्रीन र यल्लो हाउसलाई दल मानेर चस्मा, पंखा, गमला र कुर्सी चुनाव चिन्ह् दिएका थियौं,” अध्यक्ष निरौलाले भने । असार ७ गते बस्ने नमूना संसद अगाडी सपथ खुवाउने र ७ गते जेष्ठ सदस्यको अध्यक्षतामा बैठकबस्ने र सभामुख चयन गर्ने कार्यक्रम रहेको छ । यो अभ्यास सधै होइन तीन तीन वर्षको फरकमा गर्ने सोच विद्यालय बनाएको अध्यक्ष निरौलाको भनाई रहेको छ ।