बजेट माग्ने सङ्घका सभासद् देखि नगरपालिका, गाउँपालिका जनप्रतिनिधि हेटौँडा 

41

मकवानपुर । हेटौँडाका मन्त्रालयमा आजभोलि खचाखच जनप्रतिनिधिहरूको भिड लाग्ने गरेको छ ।

बजेट सेसन सुरु भएदेखि आफ्नो पालिका आफ्नो क्षेत्रमा बजेट माग गर्नेको लर्कोका कारण बागमती प्रदेशका हरेक मन्त्रालय भरी भराऊ भएका छन् ।

आफ्नो क्षेत्र पालिकामा बजेट माग गर्न सङ्घका जनप्रतिनिधि देखि गाउँपालिका नगरपालिका महानगर तथा उपमहानगरका प्रमुख उपप्रमुख देखि वडा अध्यक्ष समेत हेटौँडामा जम्मा भएका हुन् ।

आगामी वर्षको लागि बजेट तर्जुमा गर्ने समयमा आफ्नो क्षेत्रमा बजेट माग गर्दै उनीहरू प्रदेशका हरेक मन्त्रालयमा धाउने गरेका छन् ।

बागमती प्रदेशको भौतिक योजना मन्त्रालय , सामाजिक विकास मन्त्रालय अनि खानेपानी मन्त्रालयमा विशेष घुइँचो लाग्ने गरेको छ ।

आफ्नो ठाउँका समस्या लिएर बजेट माग गर्दै विभिन्न सङ्घ संस्थाका प्रतिनिधि अस्पताल क्लब गुठी एवं पालिकाका प्रतिनिधिहरूको भिड हेटौँडामा लाग्ने गरेको छ ।

प्रचण्ड गर्मीमा पनि हेटौँडाको माहौल एवं चहलपहल बजेटका कारण निकै तातिएको छ ।

मन्त्री भेट्न साँझ १० बजे सम्म पनि बजेट माग गर्दै क्वाटर सम्म पालिका प्रमुख जिल्लावासी देखि विभिन्न जनप्रतिनिधि एवं चिनजान समेत भएकाहरूको घुँईचो लाग्ने गरेको एक मन्त्रीको सचिवालयले बतायो ।

आफूहरूलाई माग भएको योजना सबै समेट्ने हो भने सङ्घले ल्याएको बजेट पनि कमी हुने उहाँले बताउनुभयो ।

धेरै जसो सडक, भवन, कुलो वाल लगाउने देखि क्रियापुत्री भवन सामुदायिक भवन आदी माग गर्नेहरूको भिड रहेको छ ।

प्रदेशका ११ नै मन्त्रालयमा हाल सेवाग्राहीको बजेट माग गर्ने भिड लागेको छ ।

बजेट माग गर्न आउनेहरूले मन्त्रीहरू भेट्न नसक्दा उनीहरू संसद् भवन अगाडी नै कुरेर समेत बस्ने गरेका छन् ।