गुणस्तरीय शिक्षा दिन सामूदायिक बिद्यालयले कुनै कसर बाँकी राख्न नहुने : सुरेश श्रेष्ठ

मनोहरा आधारभूत बिद्यालयको ३१ औं अभिभाबक दिबस सम्पन्न

125

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर १ बेसी दुवाकोटमा अबस्थित मनोहरा आधारभूत बिद्यालयले आफ्नो ३१ औ अभिभाबक दिवस सम्पन्न गरेको छ। कार्यक्रमलाई उद्घाटन गर्दै बागमति प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बिद्यालयले गुणस्तरीय शिक्षा दिन सामूदायिक बिद्यालयले कुनै कसर बाँकी राख्न नहुने बताउनुभयो । उहाँले सामुदायिक बिद्यालयका शिक्षकहरूलाई तालिमको ब्यबस्था गरेपनि हेलचेक्राई गरिरहेको आरोप लगाउनुभयो। सामुदायिक बिद्यालयमा अध्ययन गर्न पठाउने अभिभाबकहरूले पनि हेलचेक्राई गरेर बच्चाको सरसफाई र गृहकार्यमा ध्यान नदिएको जिकिर उहाँको थियो । कार्यक्रममा विशेष अतिथि चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफूले गरेको प्रतिबद्धता अनुरुप बिद्यालयलाई सहयोग गर्दै आएको बताउँदै बिद्यालयलाई माध्यामिक स्तरमा बढुवा गर्न ब्यबस्थापन समितिलाई आग्रह गर्नुभयो । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सिजन कार्की, राजु खत्री, पहलमान श्रेष्ठ ,बिद्यालयका प्रधानाध्यापक रमेशलाल श्रेष्ठ लगायतले बिद्यालयको स्तरबृद्धि गरि माबि सञ्चालनका लागि भौतिक पूर्बाधार र जमिनका लागि सार्बजनिक जग्गा उपलब्ध गराउनु पर्नेमा जोड दिनुभएको थियो
विभिन्न खेलहरूमा बिजेता बिद्यार्थीहरूलाई पदक तथा पुरस्कार बितरण गरिएको थियो।त्यस्तै बार्षिक परिक्षामा प्रथम,द्वितीय र तृतीयहुने बिद्यार्थीलाई पुरस्कार बितरण गरिएको थियो। चाँगुनारायण नगरपालिका भित्रका आधारभूत बिद्यालयहरूमध्ये मनोहरा सबैभन्दा बढी विद्यार्थी भएको बिद्यालय हो। कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पहलमान श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।