सुडाल गोथली चौरको कृष्ण मन्दिरमा चोरी

526

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडाल स्थित गोथली चौरमा रहेको कृष्ण मन्दिरमा चोरी भएको छ ।

कृष्ण मन्दिरको गजुर चोरी भएको हो ।

कृष्ण मन्दरको गजुरमा जोडिएको सिमेन्टको भाग तोडफोड गरि मन्दिर तल झारेर गजुर निकाली लगेको स्थानीयले जानकारी दिए।

कृष्ण मन्दरको गजुर चोरी भएको मंगलबार विहान स्थानीयले देखेका थिए ।

मन्दिरको गजुर चोरी भएको सम्वन्धमा अनुसन्धान भई रहेको प्रहरीले जनकारी दिएको छ ।