भक्तपुर । भक्तपुरको सुर्यविनायक चोकमा रहेको श्री दुर्गा बचत तथा ऋण सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा संचालकहरु फरार भएका छन् ।
सहकारीमा पछिल्ला दिनमा देखियको बेथितिका कारण सहकारीमा समस्या देखियको हो ।
बचतकर्ताहरु सहकारीमा धर्ना बसेका छन् भने केही कर्मचारीलाई प्रहरीले पक्राउ गरेको स्थानीयले जानकारी दिए ।
बचत कर्ता जेष्ठ नागरिकहरु सहकारी अगाडी धर्ना दिएर रोइरहेको दृश्य निकै कारुणिक थियोे ।
अधिकांस बचतकर्ताले संचालकहरुलाई नचिनेको बताएका छन् ।