लम्पी स्किन : चाँगुनारायणले आफैले खरिद गर्‍यो १५ सय खोप, रोग रोकथामका लागि प्रदेश र सङ्घको बेवास्ता

120

भक्तपुर । चाँगुनारायण नगरपालिका भित्र लम्पी स्किन रोग रोकथामका लागि नगरपालिकाले आफैले १५ सय खोप खरिद गरी खोप कार्यक्रम गरेको छ ।

नगरपालिकाले एक महिना अगाडी देखि नै आफैले खोप खरिद गरी नगर भित्रका गाईमा खोप कार्यक्रम गरेको हो ।

नगरपालिकाको कार्यपालिका बैठकबाट लम्पी स्किन रोकथामका लागि १५०० खोप खरिद गरी नगरपालिकाले आफ्नो नगरका रोग नियन्त्रणमा लागि परेको नगरपालिकाले जानकारी दिएको छ ।

नगरमा यो अपुग मात्रा हो तर अधिकांश किसानका गाई रोग बाट प्रभावित भएका र खोप लगाउन किसान आफैले नमान्दा हाल सम्म जम्मा जम्मी ९ सय हाराहारीमा मात्र खोप सञ्चालन गर्न सकिएको समेत नगरपालिकाले जानकारी दिएको छ ।

खोपका लागि नगरपालिकाले १० लाख नै विनियोजन गरी कार्यक्रम थालनी गरेको थियो नगर प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।

नगरपालिकामा हाल हजारौँ गाई प्रभावित भएको जानकारी दिँदै उहाँले यसको नियन्त्रणका लागि प्राविधिक टोली दिन रात नभनी खटिएको समेत उहाँले जानकारी दिनुभयो ।

नगर भित्रका पशुहरूलाई रोग नियन्त्रणका लागि प्राविधिक टोली खटाउनुका साथै रोग नियन्त्रणका लागि जनचेतनाको कार्यक्रम समेत दुई महिना अगाडी देखि नै सञ्चालन भएको कृषि तथा पशुपन्छी शाखाका प्रमुख खडक कुमार मैनालीले जानकारी दिनुभयो ।

नगर भित्र मरेका गाईको तथ्याङ्क सङ्कलनको काम समेत भई रहेको उहाँले जानकारी दिनुभयो । हामीले वडा नै छुटाएर प्राविधिक टोली खोपका लागि खटाएका छौँ र केही दिनमा नै कति प्रभावित छन् कति गाई को मृत्यु भयो भन्ने समेत पूर्ण जानकारी आउने उहाँले बताउनुभयो ।

खोप थोरै भएको हो तर खोप थोरै हुँदा हुँदै पनि हाल सम्म नगरपालिकाले खरिद गरेको खोप पनि बाँकी छ किसान आफैले खोप लगाउन हिचकिचाएका छन् ।  कसैको गोठमा धेरै गाई छन् तर एकलाई रोगको सङ्क्रमण देखिएको छ भने पनि अरूलाई लगाउनु खतरा हुने भएकाले खोप अरु गाईलाई पनि लगाइन्न जसका कारण खोप कमी देखिएको समेत उहाँले जानकारी दिनुभयो ।

खोप मात्र नभएर यसबाट जोगिन के गर्ने भन्ने विषयमा समेत प्राविधिक मार्फत जनचेतनाका कार्यक्रम समेत गरिएको उहाँले जानकारी दिनुभयो ।

हाल सम्म के कति क्षति भयो भन्ने सम्बन्धमा भने बिमा गरेका कृषक भन्दा बाहेक अन्य कृषकले यसको विषयमा जानकारी नगराउँदा कति क्षति भयो भन्ने यकिन गर्न नसकिएको बताउँदै यसका लागि नगरपालिकाले प्राविधिक खटाएको जसबाट केही दिनमा नै पूर्ण जानकारी आउने उहाँले बताउनुभयो ।

रोग रोकथामका लागि प्रदेश र सङ्घको तर्फबाट भने हाल सम्म बेवास्ता जस्तै भएको नगरपालिकाले जनाएको छ ।

हाल सम्म प्रदेशको तर्फबाट एक लाख रोग नियन्त्रणका लागि आएको छ जुन २ सय डोज खोप खरिद गरी खोप दिन पनि अपुग रकम हो ।

लम्पी स्किन रोगका कारण जिल्लाका २० औँ हजार किसान प्रभावित भएका छन् ।