धरानमा गोली हानी २८ वर्षीय युवकको हत्या

53

इटहरी। सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ ।

शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो ।

मुलघाटबाट विराटनगर जाँदै गरेका चौधरीमाथि सेउती खोला नजिकै जंगलमा गोली प्रहार भएको थियो। धरान–इटहरी रोडमा पर्ने जंगलको सेउती पुल नजिकै गोली प्रहार गरि लुटपाट भएको प्रहरी जनाएको छ।

चौधरीले साथमा रहेको मोबाइल र पैसा लुटिएको छ। गम्भीर घाइते चौधरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो । विपी प्रतिष्ठानमा उनको मृत्यु भएको हो ।

सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो।