फेरि चुनाव हुने नगरकोटमा दलीय चलखेल बढ्यो

3045

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा बुधबार पुन मतदान हुने भएको छ । बैशाख ३१ गते चानपा वडा नं ६ नगरकोट ख मतदान केन्द्रमा नेपाल मजदुर किसान पाटीको चुनाव चिन्ह विना नै मतदान भएपछिको विवादका कारण भोलि पुन मतदान हुने भएको हो ।
८०६ मतदाता रहेको उक्त स्थानमा दलका नेताहरुको क्रियाकलाप ह्वात्तै बढेको छ । स्थानिय निकायको निर्वाचनमा एक मतले पनि प्रमुख उपप्रमुख लगाएतका सवै पदमा ठुलो असर पर्ने भएका कारण दलहरुले मतदाताहरुलाई आफ्नो पक्षमा पार्न विभिन्न प्रलोभन देखाई रहेको स्रोतको भनाई रहेको छ ।
नाम नखुलाउने सर्तमा एक मतदाता भन्छन् यहाँ निर्वाचन आयोगले फेरी निर्वाचन गराउने भने पछि नै गाउँमा नेताहरु आउने जाने क्रम बढेको छ, गाउँ भरी मासुभात र जाँड रक्सी खुवाउनेहरुको सक्रियता बढेको छ ।
सानो क्षेत्र कम मतदाता, उसमाथि तामाङ वस्तीको बाहिल्यता जसका कारण पैसाको समेत चलखेल हुने सम्भवना वढेको उनले देखेका छन् ।

चागुनरायण नगरपालिकाको सर्व दलिय वैठकले चुनावन चिन्ह विनानै खसकेका मतलाई थाती राखेर मत गणना गर्ने , यदी विजयी हुनका लागी २० मतको अन्तर देखिने भए थाती राखेका मत गणना गर्ने र प्रचलीत कानुन अनुसार निर्णयमा जानु पर्ने माग राखेर दलहरुले मुख्य निर्वाचन कार्यलय परिपत्र गरेका थिए । निर्वाचन आयोगले भने आफ्नो गल्तीको महसुस गर्दै उक्त स्थानमा पुन मतदात गर्न निर्देशन गरेको छ ।