पाकिस्तानमा रेल दुर्घटना : कम्तीमा २२ जनाको मृत्यु, ८० घाइते

37

एजेन्सी : पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। कराँचीबाट पाकिस्तानको पञ्जाब जाँदै गरेको रेल दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको भारतीय मिडियामा समाचार छ।

सो दुर्घटनामा ८० जना घाइते भएका छन्।

जियो टीभीको  रिपोर्टअनुसार आइतबार सहजादपुर र नवाबशाहको बीचमा रहेको सहारा रेलवे स्टेशन नजिक रेल दुर्घटनामा परेको हो।

घाइतेहरूलाई नवाबशाहको पीपुल्स मेडिकल अस्पतालमा भर्ना गरिएको छ।

पाकिस्तान रेलवेका डेपुटी सुपरिटेन्डेन्ट महमुद रहमानका अनुसार क्षतिग्रस्त रेलबाट कम्तिमा २२ जनाको शव निकालिएको पुष्टि गरेका छन्।

दुर्घटनास्थलबाट मानिसहरूको उद्दार भइरहेको जनाइएको छ। दुर्घटनाको कारण भने खुलेको छैन।