सनराइज बैंकको हकप्रद सेयर निष्काशन जेठ १६ गतेदेखि

871

सनराइज बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन यही जेठ १६ गतेदेखि सुरु हुने भएको छ । असार १९ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा वैशाख २९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

सनराइजले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार छ सय रुपैयाँ बराबरको एक करोड ६३ लाख ५९ हजार छ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सनराइजको चुक्तापुँजी पाँच अर्ब ४५ करोड ३२ लाख १५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब आठ करोड ९१ लाख ७९ हजार रुपैयाँ पुग्नेछ ।