नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नं २ मा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ । ओलीको बसाई रहेकै कारण एमालेको मजबुद वडाका रुपमा हेरिएको सो वडामा काँग्रेसले जितेपछि एमालेको संगठन बालकोट क्षेत्रमा कमजोर भएको देखिएको छ ।
उक्त वडामा नेपालीका काँग्रेसका कमलराज आचार्यले १ हजार ३ सय ८५ मतले आफनो पोल्टामा पारेका छन् । उनको प्रतिद्वन्द्वी एमालेका रवि श्रेष्ठले १ हजार ३ सय ६८ मत पाएका छन् ।