मणिकर्णिका धाममा मणिकर्णिकेश्वर महादेव मन्दिर शिलान्यास

136

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ र ८ को सङ्गम स्थलमा अवस्थित मणि कर्णिका धाममा मणिकर्णिकेश्वर महादेव मन्दिर शिलान्यास गरिएको छ ।

शनिवार एक विशेष कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, चाँगुनारायण नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष जयन्द्र खड्का, वडा नम्वर ७ का वडा अध्यक्ष श्याम नायजु लगायतका अतिथिले उक्त मन्दिरको शिलान्यास गर्नुभएको हो ।

मणि कर्णिका धाममा चालु रहेको श्रीमद भागवत कथा श्रवण गर्दै उहाँहरूले मन्दिरको शिलान्यास गर्नुभएको हो ।

मणि कर्णिका धाममा विशाल मणिकर्णिकेश्वर महादेव मन्दिरको निर्माण गर्ने हेतुले उक्त मन्दिरको शिलान्यास गरिएको हो । मन्दिर शिलान्यास कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सहसचिव यादव अधिकारी, नेपाली काँग्रेस चाँगुनारायण नगर समितिका सभापति शिवहरि केसी, राप्रपाका चाँगुनारायण नगर अध्यक्ष रमेश अधिकारी लगायतका अतिथिको उपस्थिति रहेको थियो ।

मणिकर्णिकामा हाल चाँगुनारायण नगरपालिका वडा नम्वर ५,६,७ र ८ का बासिन्दाले घाटको रूपमा पनि प्रयोग गर्दै आएका छन् ।