भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथली बेहुलीझैं सिंगारियको छ ।
ताथली आगामी असोज ११ गतेदेखि सञ्चालन हुन लागेको धार्मिक तथा सास्कृतिक महामहोत्सव एवम् ऐतिहासिक श्रीमद्भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० को लागि बेहुलीझैं सिंगारियको हो ।
महायज्ञ आयोजक समितिले महायज्ञ सञ्चालन लागि आवश्यक कथा मण्डप, तन्डुलादनको लागी स्थल निर्माण गर्ने कार्यहरु निकै आकर्षण ढंगबाट निर्माण गरिएको जनाएको छ । त्यस्तै हवन कुण्ड र सालिकग्राम निर्माणको कार्य पनि अगाडि बढाइएको छ ।
जेष्ठ नागरिक आश्रम, बृहत आध्यामिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, धर्मशाला, सत्संग भवन, पुस्तकालय, सन्त निवास, जेष्ठनागरिक दिवा तथा रात्रि सेवा केन्द्र, प्रवचन हल, गौशाला, अन्न क्षेत्र, निःशुल्क एम्बुलेन्स सेवा तथा अन्य मठमन्दिर निर्माण गर्नको लागि १७ दिन महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ ।