अमेरिकाले युक्रेनलाई दियो इरानबाट जफत गरेको ११ लाख गोली

72

काठमाडौं ।  अमेरिकाले करिब ११ लाख गोली युक्रेनलाई दिएको जनाएको छ । गत वर्ष इरानबाट जफत गरिएका गोली युक्रेनलाई दिएको हो ।

अमेरिकी सेनाको मध्यपूर्व हेर्ने सेन्ट्रल कमान्ड (सेन्टकम)ले डिसेम्बरमा यमनतर्फ जाँदै गरेको जहाजबाट उक्त गोलाबारुद जफत गरेको बताएको छ ।

युक्रेनले ठूलो संख्यामा गोलाबारुद प्रयोग गरिरहेका कारण यसका पश्चिमी साझेदारहरुले उत्पादनसँग संघर्ष गरिरहेको चेतावनी दिएका छन् ।

सेन्टकमले इरानबाट जफत गरिएको गोली सोमबार युक्रेनलाई हस्तान्तरण गरिएको बताएको छ । उक्त गोलाबारुद सुरुमा अमेरिकी नौसेनाले डिसेम्बर ९ मा रवान १ नामक देश नखुलाइएको जहाजबाट कब्जा गरेको थियो ।