श्रीनिवास पाँच सय जरीवाना तिरेर रिहा

37

जनकपुरधाम । सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास दुई दिनपछि रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाले उनलाई ५ सय रुपैयाँ जरिवाना तिराएर रिहा गरेको हो ।

थुनामुक्त भएलगत्तै उनले जानकी मन्दिर पुगेर पूजापाठ गरे । उनलाई साधुसन्त, महन्तले मन्दिरमा स्वागत गरेका छन् ।