दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

42

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको साइत सार्वजनिक गरेको छ ।

जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादशैं अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको छ ।

कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजे उत्तम हुनेछ।

गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादशैं सुरु हुँदैछ ।