ताथली महायज्ञमा सयौं कन्या पुजन समापन

37

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ मा छोरीको घर आश्रम निर्माणर्थ लगाईको महायज्ञमा स्थानीय सयौं कन्या पुजन समापन भएको छ ।
शनिवार महायज्ञमा स्थानीय सयौं वाल कन्याहरुको पुजन भएको हो ।
कन्या पुजन हिन्दु परम्पराअनुसार निकै ठुलो पुजनको रुपमा लिइने गरेको छ । सोही अनुसार पञ्चकन्याको पुजा गर्ने परम्परा विगत देखि नै हुँदै आएको हो ।
यसै सिलसिलामा ताथली धार्मिक तथा सास्कृतिक महामहोत्सव एवम श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा शनिवार १२० भन्दा बढि कन्या पुजा गरिएको हो ।
शनिवार एकै दिन महायज्ञमा ५ हजार भन्दा बढि भक्तजनले भागवत श्रवण समेत गरेको आयोजकले जानकारी दिएका छन् ।
जेष्ठ नागरिक आश्रम निर्माणर्थ ताथलीमा भव्य महायज्ञको आयोजना भई रहेको छ ।