चलचित्र प्रदेशी २ का कलाकार टोली ताथलीको महायज्ञमा

75

भक्तपुर । आगामि आश्विन २६ गतेदेखि देशभर एकैसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र प्रदेशि २ का कलाकार टोलि अहिले प्रचारप्रसारको दौडानमा रहेका छन । चलचित्रको टोलि प्रचारप्रसार गर्ने क्रममाः सनिवार भक्तपुरको महायज्ञमा पुगेको थियो ।

जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं। ९ ताथलिमा सञ्चालन भएको भक्तपुर,चाँगुनारायण ताथली धार्मिक तथा सास्कृतिक महामहोत्सव एवम श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा सहभागि भएको टोलिसंग भक्तजनहरु पनि रमाएका थिए ।

चलचित्रका निर्माता तथा लोक गायक नारायण रायमाझि,गायक तथा नायक प्रकाश सपुत,नायिका केकि अधिकारी र बर्षा सिवाकोटीको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि भएका गायक रायमाझि र सपुतले आफना बिभिन्न बिभिन्न गीतसंगितबाट भक्तजनहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
त्यस्तै नायिक अधिकारीले चलचित्रले हामी सबैको कथा बोल्ने पनि बताएकी छन ।