महायज्ञमा एकै दिन करिब १ करोड बढी दान रकम सङ्कलन

203

भक्तपुर । भक्तपुर जिल्लामा सञ्चालन भएको वृहत् पितृ मुक्ति ज्ञान महायज्ञमा एकै दिन करिब १ करोड रकम सङ्कलन भएको छ । जिल्लाको चाँगुनारायण नगरपालिका वार्ड नं.९ को ताथलीमा सञ्चालन भएको छोरीको घर ज्येष्ठ नागरिक आश्रमलाई जग्गा खरिद गरी भवन निर्माण सहयोगार्थ आयोजित भक्तपुर चाँगुनारायण ताथली धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत पितृ मुक्ति ज्ञान महायज्ञको १० औ दिन अर्थात् शनिवार एकै दिन १ करोड बढी दान रकम सङ्कलन भएको महायज्ञका संङकल्पकर्ता वाल योगेश्वर विजय मूर्ति महाराज श्री ले जानकारी दिएका छन् ।

शनिवार महायज्ञमा सहभागी भएका विभिन्न स्थानीय,प्रदेश स्तरका जननेता तथा विभिन्न सङ्घसंस्थाका व्यक्तिहरूबाट बोल रकम र नगदी सङ्कलित रकम गरेर १ करोड दान रकम सङ्कलन भएको आयोजकले जनाएको छ ।

गत आश्विन ११ गतेदेखि सुरु भएको महायज्ञमा हालसम्म करिब २ करोड बढी दान रकम सङ्कलन भैसकेको पनि आयोजकले जानकारी दिएको छ । महायज्ञ आगामी २७ गतेसम्म सञ्चालन हुने छ । अहिले जिल्ला तथा जिल्ला बाहिरबाट महायज्ञको अवलोकन गर्नको लागि भक्तजनहरूको बाक्लो उपस्थिति रहने गरेको छ ।