दिन दुखिको सहयोग गर्दा जस्तो सन्तुष्टि कतै मिल्दैन: सहमहामन्त्री परियार

14

भक्तपुर । दिन दुखिको सेवा गर्दा जस्तो मन सन्तुष्टि अरू कुनै कार्य गर्दा नहुने नेपाली काङ्ग्रेसका सह–महामन्त्री तथा सङ्घीय सांसद जीवन परियारले बताएका छन् । आइतबार भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं.९ ताथलीमा सञ्चालन भएको महायज्ञमा प्रमुख अतिथिको रूपमा सहभागी भएका सह महामन्त्री परियारले उक्त कुरा बताएका हुन ।

“जीवनमा सबैभन्दा बढी सन्तुष्टि सामाजिक क्षेत्रमा हात हाल्न पाउँदा मिल्ने गर्दछ ।” सह– महामन्त्री परियारले भने –“पदले सम्मान देला तर सन्तुष्टि दिने काम भने गर्दन । ”

त्यस्तै सह महामन्त्री परियारले दिनदुखिलाई सकेको सहयोग गर्न सके मात्र राजनीति पनि सफल हुने बताएका छन् ।
सह–महामन्त्री परियारले सम्बोधनकै क्रममा थपे–“जीवन रहेसम्म अरूलाई सहयोग गरे मात्र धर्म कमाउन अन्त कुनै धर्म पीठहरूमा गइरहन पर्दैन । त्यसैले वाल योगेश्वर विजय मूर्ति महाराज श्रीले सुरु गर्नुभएको यस धार्मिक कार्यमा हातमा हात जुटाउँदा पनि धर्म प्राप्ति हुन्छ ।”

त्यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणको लागि आफ्नो तर्फबाट सधैँ सहयोग गर्ने प्रतिबद्धता पनि सांसद परियारले व्यक्त गरेका छन् ।