कोन्ज्योसोममा २४ गतेदेखि सामाजिक सुरक्षाा भत्ता वितरण हुँदै

13

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता असोज २४ गतेदेखि वितरण गर्ने भएको छ । सानिमा बैंक लिमिटेड कोन्ज्योसोम शाखामार्फत सम्बन्धित वडा कार्यालयहरुमा नै भत्ता वितरण गरिने भएको गाउँपालिकलो सूचना जारी गरी जनाएको छ ।
गाउँपालिकाले असोज २४ चौघरेमा, २५ गते नल्लु, २६ गते दलचोकी, २९ गते शंखु र ३० गते भारदेउमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको गाउँपालिकाले सूचना जारी गरी जनाएको छ ।
भत्ता वितरण बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गरिने छ । भत्ता बुझ्न आउँदा लाभग्राहीले नागरिकताको सक्कल प्रति, नागरिकताको फोटो कपि एक प्रति, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक लिएर आउन गाउँपालिकाले सूचना मार्फत आग्रह गरेको छ ।