कोन्ज्योसोममा भत्ता वितरण सुरु भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी

40

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य शुरु गरेको छ । बुधबारदेखि सानिमा बैंक लिमिटेड कोन्ज्योसोम शाखामार्फत सम्बन्धित वडा कार्यालयहरुमा नै पुगेर भत्ता वितरण गर्ने कार्य शुरु गरिएको हो ।
गाउँपालिकाले असोज २४ गते चौघरेमा स्थित् वडा कार्यालयमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । त्यस्तै २५ गते नल्लुमा भत्ता वितरण हुँदैछ । २६ गते दलचोकी, २९ गते शंखु र ३० गते भारदेउमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको गाउँपालिकाले सूचना जारी गरी जनाएको छ ।


भत्ता वितरण बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गरिने छ । भत्ता बुझ्न आउँदा लाभग्राहीले नागरिकताको सक्कल प्रति, नागरिकताको फोटो कपि एक प्रति, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक लिएर आउन गाउँपालिकाले सूचना मार्फत आग्रह गरेको छ
। २०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोनह अधिकारीले एक सय रुपियाँबाट ज्येष्ठ नागरिकलाई मासिक सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने शुरु गरिएको थियो । विभिन्न समयमा बनेको सरकारले उक्त भत्तालाई बढाएर अहिले ज्येष्ठ नागरिक भत्ता मासिक चार हजार रुपियाँ पुर्याइएको छ ।
सरकारले ज्येष्ठ नागरिकले, एकल महिला, पाँच वर्ष मुनिको दलित बालबालिका अपांगता भएका व्यक्ति लगायतलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।