काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले यस वर्षको दसैँ र तिहारमा नयाँ नोट सटही सुविधा दिने तयारी गरेको छ ।
राष्ट्र बैङ्कका अनुसार दसैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ ।
प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ ।
राष्ट्र बैङ्कको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैङ्क तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा पाइनेछ ।
बैङ्क तथा वित्तीय संस्थालाई भने राष्ट्र बैङ्कले ग्राहकको सङ्ख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको छ ।