शिक्षा क्षेत्रका आठ व्यक्तिहरू सम्मानित

70

भक्तपुर । शिक्षा क्षेत्रमा लामाे समयदेखि याेगदान दिइरहेका आठ व्यक्तिहरू सम्मानित भएका छन् ।
उनीहरूलाई विश्व शिक्षक दिवस( अक्टोबर ५) का अवसरमा वर्ल्ड एजुकेसन कन्सर्न एण्ड एक्सन इन नेपाल( वी क्यान) ले सम्मान गरेकाे हाे ।
सम्मानित हुनेहरूमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर सुमन ढकाल काठमाडौं स्कुल अल लका अधिवक्ता राजकुमार सुवाल, सिन्धुपाल्चोककाे क्रिश्टाेन एकेडेमीका शत्रुघन कपाली, पर्साकाे मदरल्याण्ड स्कूलका डा. नन्दन यादब, इम्पावर द नेप्लिज गर्ल्सकी बबिता लाम, जाेरपाटी माविका प्रधानाध्यापक हरिप्रसाद ढकाल, सञ्चारकर्मी हरिसुन्दर छुकां र झापाको अंशु एकेडेमीका प्रिन्सिपल केएन अधिकारी रहेका छन् ।


उनीहरूलाई द माेस्ट प्राेमिसिङ टिचर,/एडुकेटर सर्भिस अवार्ड २०२३ बाट शिक्षा तथा प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटाले सम्मान गरेका थिए । साे क्रममा प्रवक्ता सापकोटाले शिक्षामा सुधारका लागि नेपाल सरकार निरन्तर लागिरहेको बताए ।
कार्यक्रममा मेघा पब्लिकेसन्सका प्रबन्धक श्रीकृष्ण श्रेष्ठ, सम्मानित व्यक्तिहरू डा. नन्दन यादब, प्राडा सुमन ढकाल, वी क्यानका महासचिव डा राजेन्द्र काेजू, साउथ वेष्ट युनिभर्सिटी रकी डा. सारा सफारी,राेम्बस सेकेन्डरी स्कूलकी अमृता ढकालले कार्यक्रमकाे उद्देश्यबारे चर्चा गरेका थिए ।
कार्यक्रममा आयाेजक वी क्यानका महासचिव डा. काेजूले शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई उत्साह प्रदान गर्न सम्मान गरिएको बताए । उनले विगत १० वर्षदेखि उक्त कार्यक्रमलाई निरन्तरता दिइरहेकाे समेत चर्चा गरे ।
सम्मानित शिक्षा क्षेत्रका व्यक्तिहरूले सम्मानले नयाँ जिम्मेवारी थप भएकाे उल्लेख गर्दै आयाेजकप्रति आभार प्रकट गरे ।